नियम १३
प्रतिवेदन पेश गर्ने
(१) समितिले आफूले गरेको कार्यको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त समितिले वर्ष भरिमा सञ्चालन गरेको कार्यक्रम, विभिन्न स्रोतबाट प्राप्त रकम, एकल महिलाको लागि कार्यक्रम सञ्चालन गर्दा हुन गएको खर्च, गत आर्थिक वर्षमा खर्च नभई बाँकी रहेको रकम, कार्यक्रमबाट भएको उपलब्धि तथा भविष्यमा गर्नु पर्ने सुधार समेतका कुराहरू समावेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गर्न सक्नेछ ।